बाँसगढी– झण्डै २ लाख रुपैयाँ नगदसहित बर्दिया प्रहरीले १० जना 'जुवाडे' पक्राउ गरेको छ।
बर्दियाको बाँसगढी नगरपालिका–७ बड्की देउडास्थित दुलीचन थारुको घरमा हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाँसगढी– ७ का ३४ वर्षीय दुलीचन थारु (घरधनी), सोही ठाउँका ३९ वर्षीय रामचन्द्र भन्ने आईतवारी थारु, बाँसगढी– ९का ४० वर्षीय श्याम प्रसाद थारु, सोही ठाउँका ३५ वर्षीय रामकुमार थारु, ५० वर्षीय भागीराम कुमाल, ३५ वर्षीय सिताराम थारु छन्।
यस्तै, बाँसगढी–९ कै ४३ वर्षीय उपेन्द्र खड्का, बाँसगढी–८ का ४० वर्षीय मोहम्मद अली, बाँसगढी ३ का २६ वर्षीय मनोज कुमार थारु र बाँसगढी– ५ का ४३ वर्षीय रवीन्द्र सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको छ।
विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।
उनीहरुको साथबाट नगद १ लाख ८२ हजार ४५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ। पक्राउ परेका १० जनामाथि नै थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।