काठमाडौं- नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे(पारस) निर्वाचित भएका छन्।
शुक्रबार उद्घाटन भएको एमाले स्याङ्जाको अधिवेशनबाट उपाध्यक्षमा कृष्ण खाण, सचिवमा राजेन्द्र डुम्रे निर्वाचित भए। त्यस्तै सहसचिवद्वय विश्वनाथ पौडेल र तारा शर्मा निर्वाचित भएका छन्।
एमाले उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याल निकट रहेका गैह्रेले निर्वाचनमा नारायण मरासिनीलाई पराजित गरेका हुन्। नेकपा कालमा उनी स्याङ्जा अध्यक्ष थिए। दुई पक्ष प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
पदाधिकारीमा गैह्रे प्यानलबाटै निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।