काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलले पृथ्वीनारायाण शाहले नेपाल एकीकरण नगरदिएको भए राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा कुन देशको राष्ट्रपति र प्रधानमन्त्री हुन्थे भनेर प्रश्न गरेका छन्।
पृथ्वी जयन्तीको अवसरमा सरकारले बिदा नदिएकोप्रति आक्रोशित हुँदै उनले नेपाल एकीकरण गर्ने व्यक्तिको बारेमा सरकारले उचित सम्मान दिन नसकेको बताए।
उनले नेपालको राष्ट्रपति र प्रधानमन्त्री चाहिँ हुने, तर त्यही नेपाल एकीकृत बनाउने पृथ्वी नाराणप्रति भने सम्मान नगर्ने कार्य गलत भएको टिप्पणी गरे।
सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका लिङ्देनले राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेका हुन्।
पृथ्वी जयन्तीको अवसरकारमा सरकारले सार्वजनिक बिदा नदिए पनि राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडि पुगेर शाहको सालिकमा माल्यार्पण गरेकी थिइन्।
त्यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाह पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदबार अगाडी पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।