काठमाडौं- माघे संक्रान्ति नजिकिँदै गएपछि कालिमाटी तरकारी बजारमा तरुल भित्रिने मात्रा बढ्न थालेको छ।
नेपालीहरुको भान्छामा सिजन अनुसार प्रयोग हुने भए पनि माघे संक्रान्ति पर्वमा तरुलको विशेष महत्त्व रहने गरेको छ।
नेपालको पूर्व–पश्चिम भूगोलदेखि जातीय विविधता बोकेको समाजमा माघे संक्रान्तिमा तरुलको बेग्लै महत्त्व छ।
जोतिष विज्ञान अनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ। यस दिनबाट उत्तरायण सुरु हुने भएकोले दिन लामो र रात छोटो हुन सुरु हुन्छ।
संक्रान्तिका लागि कन्दमुल अर्थात् काँचो बनतरुल खाएपछि घ्यू, चाकु, तरुल एवं खिचडी खाने प्रचलन रहेको छ।
थारुहरुले माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा माघीमेला मनाउने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।