काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।
३ सयौं पृथ्वी जयन्तीको अवसरमा मंगलबार दिउँसो साढे १२ बजे शाह सिंहदरबार पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि पुगेका थिए।
उनी त्यहाँ पुग्दा समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए। उनीहरुले 'राजा आऊ देश बचाऊ' लगायतका नारा लगाएका थिए।
त्यसअघि आजै विहान राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायण शाहाको शालिकमा माल्यार्पणका लागि पुगेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।