काठमाडौं- नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन्। प्रतिस्पर्धी बलबहादुर साम्सोहाङलाई ५६ मतले पराजित गर्दै उनी विजयी भएका हुन्। थेबेले ३२९ मत प्राप्त गरे भने साम्सोहाङले २७३ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा सन्तोष खतिवडा ३३१ मत प्राप्त गरेर विजयी भए। प्रतिस्पर्धी मात्रिका भट्टराईले २४६ मत पाए। यस्तै सचिवमा केशरकुमार मेन्याङ्बो २९६ मत सहित निर्वाचित भए।
उपसचिवमा मणीशंकर पोमु र दिपेन्द्र पोमु (दिपेन) निर्वाचित भएका छन्। एमाले ताप्लेजुङको ११औं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि नेतृत्व चयनका लागि सोमबार निर्वाचन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।