काठमाडौं– जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले प्रतिबन्धित लागुसहित पक्राउ परेका ६ जनालाई सोमबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर हेटौँडा महानगरपालिका–९ मास्टरचोक बस्ने २५ वर्षीय विशाल विक, २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय नीरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौँडा–१० बस्ने १८ वर्षीय सुमितकुमार बानियाँ रहेका छन्।
इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मास्टरचोकमा डेरा गरी बस्ने विशालको कोठाबाट लागुऔषधसहित उनीहरुलार्ई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।