काठमाडौं – नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन्। अध्यक्षका प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाए।
यस्तै उपाध्यक्षमा थापा समूहकै दुर्गाप्रसाद जोशी विजयी भएका छन्। उनले सीताराम बुढाथोकीलाई पराजित गरेका हुन्।
सचिवमा चन्द प्यानलका डेजी पाण्डे २९४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए।
जिल्लाको उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।