काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले न्यूजिल्याण्डका अजाज पटेललाई डिसेम्बरको ‘आईसीसी प्लेअर अफ दी मन्थ’ घोषित गरेको छ। पटेल डिसेम्बरमा मुम्बईमा भारतविरुद्ध भएको टेस्ट सिरिजको एकै इनिङ्समा सबै १० विकेट लिएका थिए। उनी जिम लेकर र अनिल कुम्बलेपछि पार्दै विश्वका तेस्रो बलर बनेका छन्।
बायाँ हाते स्पिनर अजाजले डिसेम्बर महिनामा एउटा मात्र टेस्ट खेल खेलेका थिए। उनले उक्त खेलमा १६.०७ को औसतमा १४ विकेट लिए। मुम्बई टेस्टमा पटेलले भारतको पहिलो इनिङ्समा सबै १० विकेट लिए भने दोस्रो इनिङ्समा चार विकेट लिए।
पटेलले मुम्बई टेस्टमा कुल २२५ रन दिएर १४ विकेट लिएका थिए। सन् २०२१ मा खेलिएको टेस्ट सिरिजमा यो उत्कृष्ट प्रदर्शन थियो। तर, पटेलको उत्कृष्ट प्रदर्शनका बाबजुद न्यूजिल्याण्डको टोलीले यो टेस्टमा हार बेहोरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।