इलाम– नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन्।
इलाममा पत्रकारहरूसँगको भेटमा उनले हालसम्म सरकारले औपचारिकता पूरा गर्ने काम मात्र गरेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए।
संसद् अवरोद्ध गर्नु रहर नभई बाध्यता भएको बताउँदै नेम्वाङले सरकारका लागि संसद् अवरोध हुनु दुर्भाग्य भएको टिप्पणी गरे।
उनले एमसीसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी)ले नै गरेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।