काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी टुंगो लगाएपछि मात्रै सुदूरपश्चिम प्रदेश कमिटीलाई पूर्णता दिने भएको छ।
सुदूरपश्चिम प्रदेश समिति २२३ सदस्यीय बनाएपनि विवादका कारण प्रदेश पदाधिकारी टुंगो लाग्न सकेको थिएन।
केन्द्रको पदाधिकारी टुंगो लगाएपछि प्रदेश पदाधिकारी टुंगो लाग्ने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले बताए। प्रदेश अध्यक्षका लागि हरि चौधरी, हरि ज्ञवाली, जनक बुढा, उमेश भट्ट लगायत छन्।
प्रदेश पदाधिकारी ९ सदस्यीय हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।