रौतहट- रौतहट जिल्लाको ईशनाथ नगरपालिका-२ स्थित मनमोहन गेटबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माका अनुसार भारतमा घर बताउने ३९ वर्षीय संजय कुमार जैसवाललाई आइतबार पक्राउ गरिएको हो। बि आर ०५ ए जी ८०५७ नम्बरको भारतीय मोटरसाइकलमा नेपालतलर्फ आउँदै गरेका जैसवाललाई शंका लागी जाँच गर्दा उनको साथबाट उक्त रकम फेला परेको थियो।
रकमको श्रोत नखुलेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गणरौ तहटबाट खटिएको सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको शर्माले जानकारी दिए।
त्यसक्रममा मोटरसाइकलसमेत बरामद गरिएको छ। सो मोटरसाईकलको भन्सार दाखिला मूल्य १ लाख रुपैयाँ रहेको जनाइएको छ।
पक्राउ परेका जैसवाललाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गौरमा बुझाइएको शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।