काठमाडौं- नेकपा माओवादी केन्द्रको प्रदेश- २ समितिले माघ पहिलो सातासम्म पूर्णता पाउने भएको छ। प्रदेशका ८ जिल्लाबाट २ सय ७१ प्रदेश समिति सदस्यका लागि कोटा तोकिएको छ।
सबै जिल्लाले प्रदेशमा बस्नेको नामावली पठाइसकेपछि समिति पूर्णतातिर जाने प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहले बताए।
‘हामीले प्रदेशका वडा,पालिका र प्रदेश सम्मेलन ढिलागरी सम्पन्न गर्यौं। त्यसैले प्रदेश समितिमा विवाद भएकाले महाधिवेशनतिर लागियो’ साहले भने, ‘अब माघको पहिलो सातासम्म प्रदेश कमिटीलाई पूर्णता दिनेतिर जान्छौं। सर्वसम्मत नभए प्रदेश समितिबाट पदाधिकारी चयन गर्छौं।’ प्रदेश अध्यक्षका लागि रामकुमार शर्मा, भरत साह, दिलिप साह लगायत नेताहरुले इच्छा देखाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।