काठमाडौं– काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा कीर्ते कसूरको अनुसन्धान 'अपूर्ण' भएको भन्दै सरकारी वकिलले अनुसन्धान प्रतिवेदन फिर्ता पठाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान पूर्ण नभएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवेदन फिर्ता पठाएको हो।
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्दा भएको सरकारी कागजात तथा दस्तखत कीर्तेबारे अनुसन्धान गर्दै सीआईबीले गत बिहीबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
तर, अनुसन्धान प्रतिवेदनमा आधारमा मुद्दा दर्ता गर्दा कतिपय दाबीहरु कमजोर हुने देखिएपछि फेरि अनुसन्धान गर्न भनेर प्रतिवेदन फिर्ता पठाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा प्रसाद पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।