काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले स्थानीय तहको निर्वाचन नगरेर जनप्रतिनिधिविहीन बनाउन खोजिरहेको बताएका छन्।
नेकपा एमाले संखुवासभाको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
‘स्थानीय तहको निर्वाचन कानूनअनुसार फागुनमा गर्नुपर्ने हो। तर त्यो हुने सम्भव छैन यो सरकार लुटमारमा लागेको छ,’ उनले भने, ‘स्थानीय तह जनप्रतिनिधिविहीन बनाएर कर्मचारीबाट चलाउन खोजिएको छ।’
उनले ०५९ मा जस्तै जनप्रतिनिधिविहीन बनाएर स्थानीय तह चलाउने प्रयासमा अहिलेको सरकार रहेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।