काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आफ्नो पार्टी मात्रै सच्चा वामपन्थी भएको र अरु सबै नक्कली खोल ओढेका पार्टी रहेको टिप्पणी गरेका छन्।
नेकपा एमाले संखुवासभाको आठौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘आज कम्युनिष्टको खोल ओढेर, पार्टी फुटाएर र सरकार ढाल्नेहरु प्रतिक्रियावादी खेमामा समाहित भएका छन्,’ उनले भने, ‘ती नक्कली र आडम्बरी वामपन्थीको खोल ओढेका पार्टीमा नअलमलिन आग्रह गर्दछु।’
कम्युनिष्ट खोल ओढेकाहरुले पार्टी फुटाउने काममा लागेर सबै ध्वस्त बनाएको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।