काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग एक्लै लड्ने आँट नभएकाले गठबन्धनको कुरा गरिरहेको बताएका छन्।
नेकपा एमाले संखुवासभाको आठौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै पौडेलले यस्तो गठबन्धन गरेर आउन चुनौती दिए। ‘एक्लै लड्ने हिम्मत भएकाले लडे हुन्छ। आँट नभएकाले गठबन्धन बनाएर आए हुन्छ,’ उनले भने, ‘जसले जे गरे पनि आउने निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने छ।’
उनले अहिले नेकपा एमालेविरुद्ध जति सुकै प्रहार गरिए पनि एमाले जनताको बलले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरे।
‘अहिलेको गठबन्धन नेतृत्वको सरकार विकास विरोधी छ। यसले अघिल्लो सरकारले सुरु गरेका विकासका काम ठप्प गरेको छ,’ उनले भने, ‘मुलुकको विकास र सम्बृद्धि अघि बढाउनका लागि केपी ओली नेतृत्वको सरकार आवश्यक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।