• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ललितानिवास जग्गा प्रकरण : कीर्ते मुद्दा दायर गर्न किन ढिलाइ गर्दैछ सरकारी वकिल कार्यालय? 

64x64
नेपाल लाइभ सोमबार, पुस २६, २०७८  १४:३१
1140x725

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको घटनामा अनुसन्धान गर्दै गत बिहीबार कीर्तेमा मुद्दा चलाउन प्रतिवेदन बुझायो।

तर, सोमबारसम्म पनि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको छैन। सीआईबीको अध्ययन प्रतिवेदनका लागि तीन दिनको समय प्राप्त हुँदा पनि सरकारी वकिलको कार्यालयले मुद्दा दायर नगरेपछि मुद्दा कमजोर हुन लागेको हो कि भन्ने आशंका उठेको छ।  

पूर्वमन्त्री, सचिव, व्यापारी र न्यायाधीशहरू नै संलग्न रहेको प्रकरणमा उच्च चलखेल हुनसक्ने आशंका उब्जिएको छ। ‘बिहीबार प्राप्त भएको फाइल सोही दिन खुलेको थियो। शुक्रबार र आइतबार अध्ययनपछि केही आशंका देखिएको छ’, एक सरकारी वकिलले भने, ‘सीआईबीले प्रतिवादी बनाएकामध्ये केहीलाई उन्मुक्ति दिनुपर्ने लबिइङ र दबाब समेत बढेकाले कमजोर मुद्दा गएमा आश्चर्य हुँदैन।’ 

उक्त फाइलमा महान्यायाधीवक्ता खम्बबहादुर खातीदेखि अन्य राजनीतिक दलहरुको समेत प्रभाव देखिएकाले हाल दुई वटा विकल्पमा छलफल भइरहेको महान्यायाधीवक्ता कार्यालयको उच्च स्रोतले जनाएको छ। 

मुलकी अपराध संहिता अनुसार कीर्ते मुद्दाको हदम्याद २ वर्ष भएकोले भोलि, मंगलबारसम्म मुद्दा दर्ता हुने वा नहुने विषयमा निर्णय गरिसक्नुपर्नेछ।

केहीलाई उन्मुक्ति दिएर मुद्दा दायर गर्ने कि सीआईबीकै अनुसन्धान पर्याप्त नभएको भनी फर्काउनेबारे छलफल भइरहेको स्रोतले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले २०७६ पुस २७ गते सीआईबीलाई बालुवाटार जग्गा प्रकरणको अनुसन्धान गर्न जिम्मा दिएको दिएको थियो। उक्त अवधिको २ वर्ष भोलि पुग्दैछ।

पहिलो विकल्प : सीआईबीमा फिर्ता पठाउने 
करिब ४ सय जना प्रतिवादी रहेको मुद्दामा अधिकांश प्रतिवादीहरु विशेष अदालमा भ्रष्टाचार मुद्दा खेपेर तारेखमा रहेका व्यक्तिहरु छन्। केही व्यक्तिमात्र नयाँ प्रतिवादी भएको र केहीलाई प्रतिवादी बनाउनुपर्नेमा नबनाएको दाबीसहित अनुसन्धानको प्रतिवेदन पूर्ण नभएको भन्दै सीआईबीलाई नै फिर्ता पठाउनेबारे समेत छलफल भइरहेको उच्च स्रोतले जनाएको छ।

कीर्तेमा मुद्दा दायर गर्नका लागि सीआईबीको अनुसन्धानमा आवश्यक प्रमाण नदेखिएको तर्क गर्दै फाइल फिर्ता पठाउने तयारी गरिएको छ। जग्गा कसरी कीर्ते भयो, यसरी कीर्ते गर्ने कार्यमा प्रतिवादीहरुको संलग्नता पुष्टि गर्ने आधार र प्रमाण के के हुन् र कुन कुन तहको संलग्नता थियो भन्ने प्रमाण संकलन नभएकाले अदालतमा पेस गर्न नसकिने भनेर फिर्ता पठाउने तयारी भइरहेको छ। जिल्ला अदालतले हरेक सुनुवाइमा संलग्नता पुष्टि गर्ने पर्याप्त आधार नभई सरकारी वकिलले मुद्दा दायर गर्न नसकिने तर्कका आधारमा फिर्ता हुने देखिन्छ। यसरी फिर्ता गर्दा तत्काल यो मुद्दा दर्ता हुने छैन। यसले गर्दा सबै प्रतिवादीले उन्मुक्ति पाउनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो विकल्प : केहीलाई मुद्दा चलाउने, अन्यलाई प्रतिवादी नबनाउने 
दोस्रो विकल्पको रुपमा केही व्यक्तिहरुलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्ने तथा अरुलाई उन्मुक्ति दिनेगरि पनि छलफल भएको स्रोतले दाबी गरेको छ। 

सीआईबीले पूर्वसचिवहरू दीप बस्न्यात, छबिराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल मलेगोलगायतको नाम किटान गरेर पठाएको छ।

न्यायाधीश विनोदकुमार गौतम, त्यस्तै व्यापारीहरु मिनबहादुर गुरुङ, गुरुङको परिवार, मनोजकुमार केडिया, निर्मलादेवी गोयल लगायतको नाम समेत मुद्दा चलाउने सूचीमा पठाइएको छ। मालपोत कार्यालयका तत्कालीन प्रमुखदेखि भूमि सुधार कार्यालयका प्रमुखहरुको नाममा चलखेल भइरहेको छ। 

सरकारी वकिलको कार्यालयले उनीहरुमध्ये केहीलाई प्रमुख र कीर्तेमा संलग्न भएको ठहर गरि मुद्दा दायर गर्ने र अधिकांश प्रतिवादीको हकमा विशेष अदालतमा दुई वर्षअघि नै भ्रष्टाचार मुद्दा दायर भएकाले फेरि चलाउन उपयुक्त नदेखिएको भन्दै उन्मुक्ति दिन सक्ने छिद्रको खोजी भइरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेल भने सीआईबीको फाइल अध्ययनमै रहेको दाबी गर्छन्। ‘भोलिसम्म मुद्दा दर्ताको समय छ। हामी अध्ययनमै छौं’, उनले भने, ‘अध्ययनपछि मुद्दा चलाउने वा नचलाउनेबारे भन्न सकिन्छ। हालसम्म कुनै पनि निर्णय भएको छैन।’

आवश्यक प्रमाण पुगेका मुद्दा दायर हुने र प्रमाण नपुगेमा भने मुद्दा चलाएर मात्र नहुने उनको तर्क छ। 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्