काठमाडौं- नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित बस्नेतले ६९४ मत पाउँदा उनका प्रतिस्पर्धी डा देवी क्षेत्री दुलालले ६४ मत मात्रै प्राप्त गरे। जिल्ला कमिटीको उपाध्यक्षमा उदयबहादुर राई निर्वाचित भएका छन्। सन्दकपुर गाउँपालिकाको अध्यक्षसमेत रहेका राईले याम अधिकारीलाई हराएका हुन् । राईले ६०८ र अधिकारीले १३७ मत प्राप्त गरे।
सचिवमा उमेश गुरुङ निर्वाचित भएका छन्। उनले प्रकाश अधिकारीलाई पराजित गरेका हुन्। गुरुङले ५२७ मत र अधिकारीले २२२ मत पाएका छन्। उपसचिवमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य निर्वाचित भएका छन् । सुवेदीले ४४४ मत र आचार्यले २७२ मत प्राप्त गरे।
दुई उपसचिवको लागि ६ जनाले प्रतिस्पर्धा गरेका थिए। उपसचिवमा पराजित भएका छवि श्रेष्ठले २५३, रमेश राईले १९७, सन्तराम योङहाङले १२७ र नरेश तामाङले ८८ मत पाएका छन्। पाँच पदाधिकारीसहित १०५ सदस्यीय कमिटीको चयनको लागि ७६३ जनाले मतदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।