काठमाडौं– नेकपा एमालेको स्याङ्जा जिल्ला अध्यक्षका लागि निर्वाचन हुने भएको छ। शुक्रबारदेखि जारी अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनाव हुन लागेको हो।
जिल्ला सभापतिका लागि हुने निर्वाचनमा सूर्यप्रसाद गैरे पारस र नारायण मरासिनीबीच प्रतिस्पर्धा हुने भएको छ। गैरे बादलसँगै एमाले प्रवेश गरेका हुन्। नेकपा कालमा जिल्ला अध्यक्ष बनेका उनलाई गण्डकी इन्चार्ज पद्मा अर्यालको समर्थन रहेको छ।
मरासिनी संविधान सभा सदस्य हुन्। उनलाई पृथ्वी सुब्बा गुरुङको समर्थन रहेको छ।
दुवै पक्षले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।