फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आज (सोमबार)बाट काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन चार खेल हुने तालिका रहेको छ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ।समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश १ रहेका छन्।
समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन्।
टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध खेल्नेछ भने टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश २ बीच हुनेछ।
मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच तथा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल हुनेछ।
दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।