काठमाडौं– राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गरेको हो।
आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज निर्वाचन अधिकृतहरुको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न वितरण गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगका अनुसार नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको हो।
राप्रपालाई हलो, जनता समाजवादी पार्टी नेपाललाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा सातवटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।