काठमाडौं– र्यापर तथा टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक आशिष राना मगर ‘लाहुरे’ थप १७ दिन हिरासतमा बस्नुपर्ने भएको छ।
लागुऔषध (खैरो हेरोइन) सेवन गरेको अभियोगमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
र्यापर लाहुरेलाई कास्की प्रहरीको टोलीले पुस १४ गते पोखराबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई खैरो हेरोइन सेवन गरेको आरोपमा पक्राउ गरेको थियो।
पक्राउ परेका लाहुरेमाथि अनुसन्धान जारी रहेको र पूरा नभएको भन्दै प्रहरीले म्याद थपका लागि अदालतमा 'अपिल' गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।