काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन्।
पराजुलीले आफ्ना विगतका अनुभवलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताएका छन्। उनले आइतबारदेखि नै कार्यभार सम्हालेका छन्।
उनले संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागिपर्ने प्रतिबद्धता पनि जनाए।
‘अब नेपाल लाइफको नम्बर १ कम्पनीको छबिलाई हरेक सूचकांकमा अझ बलियो सावित गर्नुपर्ने मेरो चुनौती रहेको छ’, पराजुलीले भने ।
पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।