काठमाडौं– रिक्त रहेको एक प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदलाई प्रशासनतर्फ ल्याएर पूजा सिंहलाई डीआईजी बनाइएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहलाई बढुवा गर्नका लागि रिक्त प्रावधिक डीआईजी पदलाई प्रशासनमा गाभिएको हो।
यसरी प्रशासनतर्फ एक डीआईजीको दरबन्दी थप गरेर सिंहलाई शनिबार गृहमन्त्रालयले बढुवामा सिफारिस गरेको हो। २०७६ फागुन २३ मा प्राविधिक डीआईजी राजिव सुब्बाले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
सोही पद जनपदतर्फ ल्याएर सिंहको बढुवा गरिएको हो। डीआईजीमा बढुवा नभएको भए एसएसपीको सेवा अवधिका कारण सिंह केही समयमा अनिवार्य अवकाशमा जाँदै थिइन्। उनी एआईजीद्वय विश्वराज पोखरेल, सहुकल थापाको ब्याजमेट हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।