काठमाडौं– नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन्। अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मतसहित शर्मा जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्षका अन्य प्रतिस्पर्धीमध्ये बाबुराम खनालले १८६ तथा नेत्र अधिकारीले १ सय मत प्राप्त गरेका छन्।
यस्तै कपिलवस्तुको उपाध्यक्षमा विश्रामप्रसाद थारु निर्वाचित भएका छन भने सचिवमा सिबी गहतराज बिजयी भएका छन्।
यस्तै जिल्लाको उपसचिवमा अर्जुन केसी र विकास आचार्य विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।