काठमाडौं– नेकपा एमाले कैलालीमा नयाँ नेतृत्व चयनका लागि चुनाव हुने भएको छ। शुक्रबारदेखि जारी अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि चुनाव हुन लागेको हो। निवर्तमान अध्यक्ष रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन्।
यसअघि अध्यक्षका अर्का आकांक्षी कमिटी सचिवालय सदस्य डेजी पाण्डेले चन्दलाई समर्थन गरेपछि दुईपक्षबीच भीडन्त हुन लागेको हो। पाण्डे चन्द प्यानलबाट सचिव पदमा उम्मेदवार बनेका छन्।
निवर्तमान अध्यक्ष थापाको प्यानलबाट उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा निवर्तमान सचिवसमेत रहेका दानबहादुर बिक ‘चित्रण’, सहसचिवमा रविन्द्र चौधरी र मदनराज ओझाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी, चन्दको प्यानलबाट उपाध्यक्षमा सीताराम बुढाथोकी, सचिवमा पाण्डे, सहसचिवमा ममता चौधरी र लोकेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।