कञ्चनपुर– जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षिय सुशिल ओझा र २६ वर्षीय राजबहादुर सुनार छन्। ०१–००८ प ९७३१ नम्बरको मोटरसाईकलमा सवार उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा ब्राउन सुगर फेला परेको हो।
उनीहरुले प्रयोग गरेको उक्त मोटरसाइकलसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।