इनरुवा- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्।
उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन्।
कोइरालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘अब कांग्रेस एक्लै चुनाव लड्छ। कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह्र रुखबाहेक अन्य चिन्ह्रमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ। त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै लडेर पनि बहुमत ल्याउँछ।’
उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सके निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको बताए। पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्नखोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।