तनहुँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले शनिबार आयोजना गरेको पहिलो तला भवनको उद्घाटन, स्वागत एवं अभिनन्दन कार्यक्रममा उनले विकास निर्माणको अनावश्यक जस लिने होडमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको बताएका हुन्।
मन्त्री श्रेष्ठले विकास निर्माणमा सबैले सहकार्य गर्नुपर्ने बताए। उनले कोरोनाका कारण धेरै विकास निर्माणका काम अवरुद्ध भएको बताए।
उनले वैदेशिक रोजगारमा जाने युवालाई दुःख दिने दलाललाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता पनि जनाए।
कार्यक्रममा रानाभाट तथा भाट समाजका पूर्वकेन्द्रीय अध्यक्ष खड्गबहादुर रानाभाटले १५ लाख जनसङ्ख्या रहेको रानाभाट सूचीकृत हुन नसकेको बताए।
रानाभाट तथा भाट समाजका गण्डकी प्रदेश उपाध्यक्ष सुरज रानाभाट, ऋषिङ गाउँपालिका–४ का वडाध्यक्ष भोजराज रानाभाट, निर्मल रानाभाट सिर्जनशील समाजका अध्यक्ष बलबहादुर रानाभाटले निर्मल रानाभाटलाई सहिद घोषणा गर्न सरकारसँग माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।