काठमाडौं- नेकपा एमाले दाङको जिल्ला अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन्।
शुक्रबार उद्घाटन भएको दाङको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्ष बस्नेतसहितका पदाधिकारी र जिल्ला नेतृत्व सर्वसम्मत चयन भएको हो।
अध्यक्षमा बस्नेत ,उपाध्यक्ष राममणि पाण्डे ,सचिव मनोहर बुढाथोकी उपसचिवमा कृष्ण भुसाल र हिरा देवी पुन चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।