काठमाडौं- गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहलाई प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ।
शुक्रबार बसेको बढुवा समितिको निर्णयअनुसार सिंहलाई बढुवा सिफारिस गरिएको हो।
बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले एक सूचना प्रकाशित गर्दै बढुवा सिफारिस गरिएको जानकारी दिएका हुन्।
सिंह एआइजी पोखरेलकै ब्याची हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।