काठमाडौं- विभागीय टोली एपीएफले सोमबारदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताको लागि शरद भेषावकरको कप्तानीमा टोली घोषणा गरेको छ। शुक्रबार घोषणा गरिएको १४ सदस्य टोलीमा दुई नयाँ अनुहार समेटिएका छन्।
युवा ब्याटिङ अलराउन्डर दीपक बोहरा र पुरण विक पहिलोपटक राष्ट्रिय प्रतियोगिताको टोलीमा परेका छन्।
यस पटक एपीएफको टोलीमा नेपाली सिनियर टोलीका सुवास खकुरेल, स्पिनर वसन्त रेग्मी र शंकर राना भने छैनन्।
सुवासले काठमाडौंबाट बागतमी प्रदेश छनोट खेलेका छन्। वसन्त अमेरिकामा छन् भने शंकर नेपाल पुलिस क्लबमा छन्।
एपीएफ समूह ‘बी’ मा छ। एपीएफ, प्रदेश २, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्। पुस २६ मा एपीएफले प्रदेश २ सँग त्रिवि क्रिकेट मैदानमा खेल्दै सुरुआत गर्नेछ। शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछ। सेमिफाइनल माघ ४ र फाइनल माघ ५ मा हुने।
एपीएफको टोली : शरद भेषावकर (कप्तान), प्रदीप ऐरी (विकेटकिपर), किशोर महतो, कमलसिंह ऐरी, सन्दीप जोरा, अभिनाश बोहरा, अमरसिंह राउटेला, आशिफ शेख (विकेटकिपर), पुरण विक, सुमित महर्जन, लोकेश बम, रित गौतम, भुवन कार्की र दीपक बोहरा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।