काठमाडौं– नेपाल वूड इन्टरनेशनल एक्स्पो तथा होम डेकोर इन्टरनेशनल एक्स्पोको सातौं संस्करण शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। एक्सपोको शुक्रबार काठमाडौंको भृकृटीमण्डपमा उद्घाटन गरिएको छ।
मिडिया स्पेस सोलुसन र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनी तीन दिनसम्म चल्ने छ। प्रदर्शनीमा संसारका विभिन्न देशका १५० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डहरुका स्टल रहेका छन्।
यस अन्तराष्ट्रिय प्रदर्शनीमा वूडवर्किंग एण्ड फर्निचर म्यानीफ्याक्चरिंग मेशिनरिज, पावर टुल्स, पलाईवूड, वूड एसेसेरिज, रअ म्याटरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर, होम फर्निचर, अफिस फर्निचर तथा फिनिश्ड प्रोडक्टहरुको पनि उल्लेखनीय सहभागी रहेको मिडिया स्पेस सोलुसनका प्रवन्धक निर्देशक श्रीजलका भट्टराईले जनाकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।