काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले निजामति कर्मचारीका लागि खाजा भत्ता उपलब्ध गराउन पहल भइरहेको बताएका छन्। मन्त्री खाणले गृह मन्त्रालयका कर्मचारीले तोकिएको समयभन्दा बढी समय पनि काम गर्नुपर्ने भएकाले थप समयका लागि कम्तीमा खाजा खर्च भएपनि उपलब्ध गरान आफूले पहल गरिरहेको बताए।
नेपाल निजामति कर्मचारी युनियन, गृह मन्त्रालयको ८औं विभागीय अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री खाणले भने, ‘थप समयमा काम गरेवापत् कम्तीमा पनि भत्ता उपलब्ध गराउनु पर्छ भन्ने हाम्रो मान्यता हो। त्यसका लागि अर्थ मन्त्रालयमा हामीले पहल गरिरहेका छौं। अर्थमन्त्रालयबाट सकारात्मक जवाफ आएको छ। तर, निर्णय भइसकेको छैन।’
मन्त्री खाणले सरकार जनाप्रति उत्तरदायी नहुँदा कर्मचारीले दबाबद दिनुपर्ने पनि खाणको भनाइ छ। सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो काम हुन नसक्दा सरकारलाई दबाब दिनुपर्ने खाणको भनाइ छ। ‘निजामति कर्मचारी युनियन सबैको साझा हुनुपर्छ। युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो काम हुन नसक्दा सरकारलाई दबाब दिनुपर्छ,’ मन्त्री खाणले भने।
गृह मन्त्रालय मातहतका कर्मचारीले सहज र प्रतिकूल दुवै अवस्थामा काम गर्नुपर्ने भएकाले यो काम गर्छु, यो गर्दिन भन्ने छुट नभएको मन्त्री खाणको भनाइ छ। उनले जिल्लाको प्रमुख रहने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले एकै पटक बिदा लिएर जिल्ला बाहिर नजान मन्त्रालयले सर्कुलर जारी गरिसकेको पनि बताए।
सिराहामा भएको घटनाको उदाहरण दिँदै मन्त्री खाणले घटना घट्दा प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख जिल्लामा नभएको अवस्थाले गर्दा थेग्न नसक्ने भएपछि परिवर्तन गर्नुपरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।