• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
पठन अनुभूति

के चिबेचरा राष्ट्रिय चरा बन्नसक्छ?

64x64
धनु विश्वकर्मा शनिबार, पुस २४, २०७८  १३:५२
1140x725

अघिल्लो साता काठमाडौँमा कवि केशव सिलवालको नयाँ पुस्तक ‘चिबेचरा’को विमोचन कार्यक्रम भयो। यो पुस्तकमा मेरो दुई वटा संयोगहरू जोडिए। कुनै पनि कविताकृतिको विमोचनमा उपस्थित भएको मेरो पहिलो घटना भयो। अनि, पूरै पुस्तकका कविता एउटै नछाडी पढेको पनि यो नै पहिलो भयो।

कवि सिलवाल दुई दशकभन्दा लामो समयदेखि साहित्यक, सांस्कृतिक आन्दोलनमा क्रियाशील छन्। त्यसमध्येको एउटा आन्दोलन हो– उन्मुक्त पुस्ता। वामपन्थी विचार राख्ने लेखकहरूको समूहलाई म केही समयदेखि पछ्याइरहेको छु। त्यसको एउटै कारण हो, उत्पिडित समुदायका हक अधिकारका लागि उन्मुक्त पुस्ताले कविताका माध्यमबाट पुस्तकमा मात्र होइन सडकमा समेत आवाज उठाउनु। 

ती आन्दोलनकारी कविमध्येमा पर्छन्, केशव सिलवाल। त्यहीकारण पनि म विमोचन कार्यक्रममा उपस्थित भएँ। किताब किनेँ। अनि घर पुग्नेबित्तिकै पढ्न थालेँ। कविता पढ्दै जाँदा मजाले तानिएँ, र सबै कविता पढ्न सकेँ।

चिबेचरामा समेटिएका ५१ वटा नै कविता छुट्टाछुट्टै ‘आन्दोलन’ हुन्। कतिपय कविताले जात व्यवस्थाविरुद्ध राँको बाल्छन्। केहीले पितृसत्तामाथि प्रश्न उठाउछन्। केहीले ‘अनागरिक’ बनाइएकाहरूको पक्षमा वकालत गरेका छन्। यी कविताले समाजमा भएका विसंगति र विकृतिलाई छताछुल्ल पारेका छन्। कविताका हरफमा डुबुल्की मार्दै जाँदा लाग्छ, यो समाजमा हामीले सामना गरिरहेका दैनन्दिनमाथि कविले सवाल सठाएका छन्। 

हाम्रो सत्ताको चरित्र भनेको उच्च जात र वर्गको सेवा गर्नु। यो विभेदकारी व्यवस्थाविरुद्ध आवाज उठेको दशकौँ भइसकेको छ। तर, जातीय पिरामिडको पिँधमा पिल्सिएका वर्गले कहिलेसम्म लडिरहेन? किन चेत खुल्दैन सत्ताको?

सत्ताको चेत नखुलेकै कारण केशव सिलवालहरू कविता लेखिरहेका छन्। यी कविता मात्र शब्द वा भाषा होइनन्, अन्तस्करणबाट निस्किएको आवाज हुन्। जसले सामाजिक विभेदलाई यसरी उजागर गर्छन्–
विद्यालय गईरहेकी छे
एउटी सानी केटी 
तुइनमा उल्टो झुण्डिएर।

(तुइनमा उल्टो झुण्डिएरबाट)

कवि सिलवालले उल्लेख गरेको तुइनलाई सुदूरपश्चिममा ताँगुली भनिन्छ। ताँगुली तारेर पारिको विद्यालय पठाउन अभिभावक नै खोलासम्म पुग्नुपर्छ। अहिले त ताँगुलीहरू जीर्ण भइसकेका छन्। काठ कुहिरहेका छन्। तर, त्यसैबाट यात्रा गर्नु स्थानीयको बाध्यता बनेको छ। हो, सरकार हामीलाई यसरी नै ‘बाध्यता’मा फसाउँछ।

बाध्यतामै फसेर तुइनबाट खसेका हुन् जयवीर धामी। उनको शवसमेत भेटिएन। सायद माछाले आहारा बनायो होला। उनलाई खोज्न गएको सरकारी टोलीले तिनै माछा आहारा बनाए होला। अनि हामी जयवीर भेटिने कल्पना गर्नसक्छौँ? 

Ncell 2
Ncell 2
nimb
nimb

यी शब्द पढ्दा कसैलाई असहज लाग्न सक्छ। तर, कवि सिलवालका कविता यी शब्द जति असहज छैनन्। सहज, सरल र सम्प्रेषणयोग्य छन्। ती कविताको शक्ति भने बेजोड छन्।

पढ्दै जाँदा म शीर्ष कवितामा पुगेँ।

बर्दिवासका मुसहर, मोतिपुरका राजी, जंगलका राउटे, जिरीका जिरेल, पूर्वका लेप्चा, चितवनका चेपाङलाई पनि यो देशले कहिले नागरिक मान्ला? के उत्पीडित समुदायले कहिल्यै ‘राष्ट्रिय मान्छे’ बन्दैनन्? तर, यी समुदाय चिबेचरा भएर बसेकै छन्। कुनै दिन भागिजालान् शासकहरू, भाग्दैनन् आदिवासी।
के राष्ट्रिय चरा हुन 
डाफेको जस्तो रंगिन प्वाँख नै हुनुपर्छ?
के मयूरले झैँ 
रंगिन प्वाँखहरु फिजारेर 
दर्शकका लागि नाच्नै पर्छ?
के कोइलीको झैँ 
मधुर आवाजमा गाउनैपर्छ?

(चिबेचराबाट)

हाम्रो समाज र सत्ताले सीमापारि भएकालाई आफ्ना ठान्छ्। तर, सीमावारी बस्नेलाई नागरिक ठान्दैन। न किमाथांका बस्ने चिम्सा आँखा र रातापिरा अनुहार भएकालाई आफ्नो ठान्छ। न मधेसका श्याम वर्णका मानिसलाई आफ्ना ठान्छ। ‘आफ्ना’ हुन सिंहदरबार बस्नेको जस्तै अनुहार हुनुपर्छ। बाँकी सबै ‘चिबेचरा’ हुन्।

तर, हामीलाई चिबेचरा हुन मञ्जुर छ। हाम्रो स्वतन्त्रताको गीत हामी आफैँ गाउछौँ। यो देश खरानी भए हाम्रो पनि गुँड जल्छ। तर, यो देशको हिस्सा किन बराबरी मान्दैनन् उनीहरू। हाम्रो ‘नाच’ जारी छ।

यति बेला मैले पत्रकारिताका मेरा गुरु कुन्दन अर्यालको ‘राष्ट्रियता’को परिभाषा सम्झिएँ। एउटा कक्षामा उहाँले राष्ट्रियता ‘व्यक्ति’ नभएर विचार भएको बताउनुभएको थियो। यी कविताले पनि राष्ट्रियतालाई वैचारिक रूपमा नै हेरेको छ। तर, कवि सिलवालको राष्ट्रियता सम्बन्धी वैचारिकी र अर्याल सरको वैचारिक कतै फरक देखिरहेको छु।

अर्को एउटा कविता छ ‘छुतको वक्तव्य।’ शीर्षकले त समानुभूतिभन्दा पनि सहानुभूति देखाएझैँ लाग्छ। तर, यो कविता कविको सबैभन्दा ठूलो विद्रोह हो। आफ्ना पुर्खादेखि हुँदै आएको शोषणको पश्चात्ताप हो। ३५०० वर्षदेखि भइरहेको विभेदको विरुद्धमा कुनै दिन सार्कीहरूको जुत्ता उठाएर विभेदका मानक बनाउने ‘पण्डित’माथि प्रहार गर्नेछन्। आफरको आगो उठाएर यो जातव्यवस्थाका हिमायतीमाथि हमला गर्नेछन्। कविले सतर्क गराएका छन्। सर्तक रहनुहोला!

यो समाजले गरेको अन्यायको एउटा लामो श्रृङ्खला छ। २०५८ सालमा महोत्तरीका कृष्णबहादुर पसावान, २०६८ मा सप्तरीका शिवशंकर दास र दैलेखका सेते दमाई, २०७० सालमा तनहुँकी संगीता परियार, २०७३ मा काभे्रपलाञ्चोकका अजित मिजार, २०७७ सालमा जाजरकोटका नवराज विकलगायत ६ जना...। यी हत्याहरू अब कहिलेसम्म खेपिरहनुपर्ने हो? उच्च जातीय अहंकारका कारण भएका यी सबै अपराधप्रति कविले क्षमा मागेका छन्–
म तिम्रो सामु लज्जित उभिएको छु
हजारौँ बर्षको अपमानको
एक एक स्वाद चखाऊ
ओ, मेरो प्रिय मान्छे
म तिमीलाई  अङ्गगालोमा बेर्न आतुर छु।

(छुतको वक्तव्यबाट)

अर्को एउटा कविता ‘छोरी, तिमीले देश चलाउनु पर्छ’ मा कविले निकै सुन्दर ढंगमा पितृसत्तामाथि प्रहार गरेका छन्। राजनीतिक परिवर्तनका लागि भएका हरेक आन्दोलनमा पुरुषसँगसँगै महिला थिए। चाहे त्यो २००७ सालमा, चाहे पञ्च्यातविरुद्ध, वा राजतन्त्र फाल्ने आन्दोलनमा। अथवा तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र युद्धकै क्रममा पनि महिलाले बलिदानी दिएकै हुन्। तर, सत्ताले महिलालाई पुरुषको ‘चौकीदारी’ गर्ने मात्र बनाए। 

‘हेडमास्टरको चाबुक’ शीर्षक कविताले मलाई स्कुले जीवनका किस्सा बेस्सरी याद आयो। मनमा ज्वारभाटा उठायो।
कहिले मातिएको हुन्छ रक्सीले
आइपुग्छ हल्लिँदै हल्लिँदै
कहिले उँगेर बस्छ कक्षा कोठामा
कहिले हात हालेर जिस्की बस्छ
नयाँ मिससँग
विचित्रको छ यो हेडमास्टर

(हेडमास्टरको चाबुकबाट)

प्रिय कवि! हेडमास्टर केवल नयाँ मिससँग मात्र होईन, साना स्कुले केटाकेटीसँग पनि बेस्मारी जिस्कीन्छन्। कक्षाकोठाभित्र नैतिकताका पाठ पढाएर कक्षाकोठा बाहिर आफ्नै छात्राका गाला मुसार्छ। हात पिठ्यँुमा पु¥याउँछ। गाउँको शासक हो हेडमास्टर। गाउँ उसको इसारामा चल्छ। बाँकी तपाईं आफैँ अनुमान लगाउनुस्।

अन्तिम कविता ‘नोट अफ डिसेन्ट’ले पनि मलाई निकै छोयो। यो सुन्दर सुदूरपश्चिमको मौलिक भाषामा कथिएको छ। 
तम् लेख्दाछौ नोट अफ डिसेन्ट 
सहिदको रगत
र, दश वर्षको इतिहासविरुद्ध 
लेख्दाछौ भरिया, किसान र मजदुरविरुद्ध
लेख्दाछौ घाम पानी र फूलविरुद्ध
आगाः र मसालविरुद्ध

(नोट अफ डिसेन्टबाट)

देशको सुदूरको बस्तीले ‘नोट अफ डिसेन्ट’ आफ्नै भाषामा लेखेको त वर्षौं भयो। भाषा बुझेन कि भाव बुझेन खै? दूरदराजले सामाजिक, राजनीतिक, आर्थिक परिवर्तनमा ठूलो भुमिका खेल्यो। 

हिजो विराटनगरले जहानियाँ राणा शासन फाल्न आन्दोलनको शंखनाद ग¥यो। झापाले पञ्चायत थर्कायो। रोल्पाले गणतन्त्रको बिउ रोप्यो। तर, ती बस्तीले के पाए? काठमाडौँले खटाएर दिने र अरुले लिने। संघीयतामा पनि फेरिएको छैन पुरानो मानसिकता।

कविता ठ्याक्कै कस्तो हुनुपर्छ मलाई थाहा छैन। कवि सिलवालका कवितामा प्रेमका गाथा छन्, तर ती परम्परागत र पुरुष तथा महिलाबीचको रतिरागात्मक छैनन्। लोककथाको जस्तो चमत्कारिक कुरा छैनन्। त्यहाँ त यो समाजका यथार्थहरू छन्।

मैले खोजेको कविता यस्तै हो। मैले चाहेको विचार यस्तै हो। सायद विभेदमा परेका वर्ग र समुदायले खोजेको संसार कविले ठ्याक्कै देखेका छन्।

एक दिन हरेक चरा ‘राष्ट्रिय चरा’ बन्नेछन्।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
चीनले दियो एक सय मिटर लम्बाईका दुई बेलिब्रिज पुल शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्