• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
पठन अनुभूति के चिबेचरा राष्ट्रिय चरा बन्नसक्छ?
64x64
धनु विश्वकर्मा शनिबार, पुस २४, २०७८  १३:५२
1140x725

अघिल्लो साता काठमाडौँमा कवि केशव सिलवालको नयाँ पुस्तक ‘चिबेचरा’को विमोचन कार्यक्रम भयो। यो पुस्तकमा मेरो दुई वटा संयोगहरू जोडिए। कुनै पनि कविताकृतिको विमोचनमा उपस्थित भएको मेरो पहिलो घटना भयो। अनि, पूरै पुस्तकका कविता एउटै नछाडी पढेको पनि यो नै पहिलो भयो।

कवि सिलवाल दुई दशकभन्दा लामो समयदेखि साहित्यक, सांस्कृतिक आन्दोलनमा क्रियाशील छन्। त्यसमध्येको एउटा आन्दोलन हो– उन्मुक्त पुस्ता। वामपन्थी विचार राख्ने लेखकहरूको समूहलाई म केही समयदेखि पछ्याइरहेको छु। त्यसको एउटै कारण हो, उत्पिडित समुदायका हक अधिकारका लागि उन्मुक्त पुस्ताले कविताका माध्यमबाट पुस्तकमा मात्र होइन सडकमा समेत आवाज उठाउनु। 

ती आन्दोलनकारी कविमध्येमा पर्छन्, केशव सिलवाल। त्यहीकारण पनि म विमोचन कार्यक्रममा उपस्थित भएँ। किताब किनेँ। अनि घर पुग्नेबित्तिकै पढ्न थालेँ। कविता पढ्दै जाँदा मजाले तानिएँ, र सबै कविता पढ्न सकेँ।

चिबेचरामा समेटिएका ५१ वटा नै कविता छुट्टाछुट्टै ‘आन्दोलन’ हुन्। कतिपय कविताले जात व्यवस्थाविरुद्ध राँको बाल्छन्। केहीले पितृसत्तामाथि प्रश्न उठाउछन्। केहीले ‘अनागरिक’ बनाइएकाहरूको पक्षमा वकालत गरेका छन्। यी कविताले समाजमा भएका विसंगति र विकृतिलाई छताछुल्ल पारेका छन्। कविताका हरफमा डुबुल्की मार्दै जाँदा लाग्छ, यो समाजमा हामीले सामना गरिरहेका दैनन्दिनमाथि कविले सवाल सठाएका छन्। 

हाम्रो सत्ताको चरित्र भनेको उच्च जात र वर्गको सेवा गर्नु। यो विभेदकारी व्यवस्थाविरुद्ध आवाज उठेको दशकौँ भइसकेको छ। तर, जातीय पिरामिडको पिँधमा पिल्सिएका वर्गले कहिलेसम्म लडिरहेन? किन चेत खुल्दैन सत्ताको?

सत्ताको चेत नखुलेकै कारण केशव सिलवालहरू कविता लेखिरहेका छन्। यी कविता मात्र शब्द वा भाषा होइनन्, अन्तस्करणबाट निस्किएको आवाज हुन्। जसले सामाजिक विभेदलाई यसरी उजागर गर्छन्–
विद्यालय गईरहेकी छे
एउटी सानी केटी 
तुइनमा उल्टो झुण्डिएर।

(तुइनमा उल्टो झुण्डिएरबाट)

कवि सिलवालले उल्लेख गरेको तुइनलाई सुदूरपश्चिममा ताँगुली भनिन्छ। ताँगुली तारेर पारिको विद्यालय पठाउन अभिभावक नै खोलासम्म पुग्नुपर्छ। अहिले त ताँगुलीहरू जीर्ण भइसकेका छन्। काठ कुहिरहेका छन्। तर, त्यसैबाट यात्रा गर्नु स्थानीयको बाध्यता बनेको छ। हो, सरकार हामीलाई यसरी नै ‘बाध्यता’मा फसाउँछ।

बाध्यतामै फसेर तुइनबाट खसेका हुन् जयवीर धामी। उनको शवसमेत भेटिएन। सायद माछाले आहारा बनायो होला। उनलाई खोज्न गएको सरकारी टोलीले तिनै माछा आहारा बनाए होला। अनि हामी जयवीर भेटिने कल्पना गर्नसक्छौँ? 

Ncell 2
Ncell 2

यी शब्द पढ्दा कसैलाई असहज लाग्न सक्छ। तर, कवि सिलवालका कविता यी शब्द जति असहज छैनन्। सहज, सरल र सम्प्रेषणयोग्य छन्। ती कविताको शक्ति भने बेजोड छन्।

पढ्दै जाँदा म शीर्ष कवितामा पुगेँ।

बर्दिवासका मुसहर, मोतिपुरका राजी, जंगलका राउटे, जिरीका जिरेल, पूर्वका लेप्चा, चितवनका चेपाङलाई पनि यो देशले कहिले नागरिक मान्ला? के उत्पीडित समुदायले कहिल्यै ‘राष्ट्रिय मान्छे’ बन्दैनन्? तर, यी समुदाय चिबेचरा भएर बसेकै छन्। कुनै दिन भागिजालान् शासकहरू, भाग्दैनन् आदिवासी।
के राष्ट्रिय चरा हुन 
डाफेको जस्तो रंगिन प्वाँख नै हुनुपर्छ?
के मयूरले झैँ 
रंगिन प्वाँखहरु फिजारेर 
दर्शकका लागि नाच्नै पर्छ?
के कोइलीको झैँ 
मधुर आवाजमा गाउनैपर्छ?

(चिबेचराबाट)

हाम्रो समाज र सत्ताले सीमापारि भएकालाई आफ्ना ठान्छ्। तर, सीमावारी बस्नेलाई नागरिक ठान्दैन। न किमाथांका बस्ने चिम्सा आँखा र रातापिरा अनुहार भएकालाई आफ्नो ठान्छ। न मधेसका श्याम वर्णका मानिसलाई आफ्ना ठान्छ। ‘आफ्ना’ हुन सिंहदरबार बस्नेको जस्तै अनुहार हुनुपर्छ। बाँकी सबै ‘चिबेचरा’ हुन्।

तर, हामीलाई चिबेचरा हुन मञ्जुर छ। हाम्रो स्वतन्त्रताको गीत हामी आफैँ गाउछौँ। यो देश खरानी भए हाम्रो पनि गुँड जल्छ। तर, यो देशको हिस्सा किन बराबरी मान्दैनन् उनीहरू। हाम्रो ‘नाच’ जारी छ।

यति बेला मैले पत्रकारिताका मेरा गुरु कुन्दन अर्यालको ‘राष्ट्रियता’को परिभाषा सम्झिएँ। एउटा कक्षामा उहाँले राष्ट्रियता ‘व्यक्ति’ नभएर विचार भएको बताउनुभएको थियो। यी कविताले पनि राष्ट्रियतालाई वैचारिक रूपमा नै हेरेको छ। तर, कवि सिलवालको राष्ट्रियता सम्बन्धी वैचारिकी र अर्याल सरको वैचारिक कतै फरक देखिरहेको छु।

अर्को एउटा कविता छ ‘छुतको वक्तव्य।’ शीर्षकले त समानुभूतिभन्दा पनि सहानुभूति देखाएझैँ लाग्छ। तर, यो कविता कविको सबैभन्दा ठूलो विद्रोह हो। आफ्ना पुर्खादेखि हुँदै आएको शोषणको पश्चात्ताप हो। ३५०० वर्षदेखि भइरहेको विभेदको विरुद्धमा कुनै दिन सार्कीहरूको जुत्ता उठाएर विभेदका मानक बनाउने ‘पण्डित’माथि प्रहार गर्नेछन्। आफरको आगो उठाएर यो जातव्यवस्थाका हिमायतीमाथि हमला गर्नेछन्। कविले सतर्क गराएका छन्। सर्तक रहनुहोला!

यो समाजले गरेको अन्यायको एउटा लामो श्रृङ्खला छ। २०५८ सालमा महोत्तरीका कृष्णबहादुर पसावान, २०६८ मा सप्तरीका शिवशंकर दास र दैलेखका सेते दमाई, २०७० सालमा तनहुँकी संगीता परियार, २०७३ मा काभे्रपलाञ्चोकका अजित मिजार, २०७७ सालमा जाजरकोटका नवराज विकलगायत ६ जना...। यी हत्याहरू अब कहिलेसम्म खेपिरहनुपर्ने हो? उच्च जातीय अहंकारका कारण भएका यी सबै अपराधप्रति कविले क्षमा मागेका छन्–
म तिम्रो सामु लज्जित उभिएको छु
हजारौँ बर्षको अपमानको
एक एक स्वाद चखाऊ
ओ, मेरो प्रिय मान्छे
म तिमीलाई  अङ्गगालोमा बेर्न आतुर छु।

(छुतको वक्तव्यबाट)

अर्को एउटा कविता ‘छोरी, तिमीले देश चलाउनु पर्छ’ मा कविले निकै सुन्दर ढंगमा पितृसत्तामाथि प्रहार गरेका छन्। राजनीतिक परिवर्तनका लागि भएका हरेक आन्दोलनमा पुरुषसँगसँगै महिला थिए। चाहे त्यो २००७ सालमा, चाहे पञ्च्यातविरुद्ध, वा राजतन्त्र फाल्ने आन्दोलनमा। अथवा तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र युद्धकै क्रममा पनि महिलाले बलिदानी दिएकै हुन्। तर, सत्ताले महिलालाई पुरुषको ‘चौकीदारी’ गर्ने मात्र बनाए। 

‘हेडमास्टरको चाबुक’ शीर्षक कविताले मलाई स्कुले जीवनका किस्सा बेस्सरी याद आयो। मनमा ज्वारभाटा उठायो।
कहिले मातिएको हुन्छ रक्सीले
आइपुग्छ हल्लिँदै हल्लिँदै
कहिले उँगेर बस्छ कक्षा कोठामा
कहिले हात हालेर जिस्की बस्छ
नयाँ मिससँग
विचित्रको छ यो हेडमास्टर

(हेडमास्टरको चाबुकबाट)

प्रिय कवि! हेडमास्टर केवल नयाँ मिससँग मात्र होईन, साना स्कुले केटाकेटीसँग पनि बेस्मारी जिस्कीन्छन्। कक्षाकोठाभित्र नैतिकताका पाठ पढाएर कक्षाकोठा बाहिर आफ्नै छात्राका गाला मुसार्छ। हात पिठ्यँुमा पु¥याउँछ। गाउँको शासक हो हेडमास्टर। गाउँ उसको इसारामा चल्छ। बाँकी तपाईं आफैँ अनुमान लगाउनुस्।

अन्तिम कविता ‘नोट अफ डिसेन्ट’ले पनि मलाई निकै छोयो। यो सुन्दर सुदूरपश्चिमको मौलिक भाषामा कथिएको छ। 
तम् लेख्दाछौ नोट अफ डिसेन्ट 
सहिदको रगत
र, दश वर्षको इतिहासविरुद्ध 
लेख्दाछौ भरिया, किसान र मजदुरविरुद्ध
लेख्दाछौ घाम पानी र फूलविरुद्ध
आगाः र मसालविरुद्ध

(नोट अफ डिसेन्टबाट)

देशको सुदूरको बस्तीले ‘नोट अफ डिसेन्ट’ आफ्नै भाषामा लेखेको त वर्षौं भयो। भाषा बुझेन कि भाव बुझेन खै? दूरदराजले सामाजिक, राजनीतिक, आर्थिक परिवर्तनमा ठूलो भुमिका खेल्यो। 

हिजो विराटनगरले जहानियाँ राणा शासन फाल्न आन्दोलनको शंखनाद ग¥यो। झापाले पञ्चायत थर्कायो। रोल्पाले गणतन्त्रको बिउ रोप्यो। तर, ती बस्तीले के पाए? काठमाडौँले खटाएर दिने र अरुले लिने। संघीयतामा पनि फेरिएको छैन पुरानो मानसिकता।

कविता ठ्याक्कै कस्तो हुनुपर्छ मलाई थाहा छैन। कवि सिलवालका कवितामा प्रेमका गाथा छन्, तर ती परम्परागत र पुरुष तथा महिलाबीचको रतिरागात्मक छैनन्। लोककथाको जस्तो चमत्कारिक कुरा छैनन्। त्यहाँ त यो समाजका यथार्थहरू छन्।

मैले खोजेको कविता यस्तै हो। मैले चाहेको विचार यस्तै हो। सायद विभेदमा परेका वर्ग र समुदायले खोजेको संसार कविले ठ्याक्कै देखेका छन्।

एक दिन हरेक चरा ‘राष्ट्रिय चरा’ बन्नेछन्।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्