सिरहा– होटलमा आगो लगाएर भागेको आरोपमा सिरहा प्रहरीले १ युवतीसहित २ जनालाई पक्राउ गरेको छ।
जिल्लाको धनगढीमाई नगरपालिका-११ छप्रारीमा सञ्चालित खुश्वु होटल एण्ड लजमा आगो लगाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१२ बस्ने २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय धिरज कुमार यादव रहेका छन्।
प्रहरीका अनुसार लेनदेनको विषयलाई लिएर उनीहरुले पेट्रोल छर्केर आगो लगाएका थिए। स्थानीय र प्रहरी मिलेर होटलमा लागेको आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट होटलका सामानहरु जलेर करिब १ लाख २ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।