काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमजोरहरु नै अहिले निर्वाचनसम्म नै गठबन्धन जानुपर्छ भनेर कराइरहेको बताएका छन्।
नेकपा एमालेका ७७ वटै जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ‘अहिले जो जति कमजोर छ त्यो बढ्ता कराइरहेको छ। उसले निर्वाचनसम्म नै जानुपर्छ भनिरहेको छ,’ उनले भने, ‘त्यस्ता कमजोरलाई गठबन्धन चाहिएको हो। नेकपा एमालेलाई गठबन्धन चाहिएको छैन। चुनौतीको सामना गर्न तयार छ।’
हिजोको जनमत र परिस्थितिको दुरुपयोग गरेर अहिले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै यसबाट आउने प्रतिकूल परिणामबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरे। ‘हिजोको परिस्थितिको दुरुपयोग गरिएको अवस्था हो। नेकपा एमालेलाई संसदीय क्षेत्रमा संघर्षको मैदानमा तीनै तहका मैदानमा नेकपा एमाले माथि हानी कारक प्रहारको अन्तिम किस्ता हो। यसभन्दा पछि जनतामा जाँदा उनीहरुसँग त्यो हैसियत रहँदैन,’ उनले भने।
पाँच दिशातिर फर्किएको गन्तव्य नभएको स्वार्थ समूहको गठबन्धनको सरकार बनाउने काम भएको भन्दै उनले पार्टीका विरुद्ध अनेकौं भ्रम र हल्ला फिजाइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।