काठमाडौं- लण्डन क्लब चेल्सीका दुई खेलाडीलाई कोरोना संक्रमण भएको छ। चेल्सीका प्रशिक्षक थोमस टचेलले बिहीबार मिडफिल्डर एनगोलो कान्टे र थियागो सिल्भा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
‘कान्टे र सिल्भामा कोरोना संक्रमण भएको छ। दुई महत्वपूर्ण खेलाडी बाहिरिदा पक्कै पनि टोलीको प्रदर्शनमा प्रभाव पर्छ,’ टचेलले भने।
३० वर्षिय फ्रेन्च मिडफिल्डर कान्टे ३ महिनाको अन्तरालमा दोस्रो पटक संक्रमित भएका हुन्। जारी सिजन कान्टेले चेल्सीबाट १७ खेल खेलेका छन्। यस्तै, २१ खेल खेलका सिल्भाले यसै सिजन क्लबसँगको सम्झौता एक वर्ष थप गरेका छन्
‘यो अवस्था कठिन देखिन्छ तर हामी हाम्रो प्रदर्शनलाई निरन्तरता दिने प्रयास गर्नेछौं,’ टचेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।