काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता पुष्पा भण्डारीसहित तीन नेपाली खेलाडीले बंगलादेशमा आयोजना हुने बंगबंधु शेख मुजीव बन्धु म्याराथन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
४२ किलोमिटर दुरीको फुल म्याराथनमा नेपालबाट भण्डारीसहित किरण बोगटी र नरेन्द्र सिंह रावतले प्रतिस्पर्धा गर्ने भएका हुन्।
भण्डारी र बोगटी १३औं सागका पदक विजेता हुन्। सागको म्याराथनमा भण्डारीले रजत र बोगटीले स्वर्ण जितेका थिए।
उनीहरूले अघिल्लो संस्करणमा समेत सहभागिता जनाएका थिए। पुस २६ गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागीता हुने छन्।
बंगलादेश जाने खेलाडी र प्रशिक्षकलाई बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिदाइ गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।