काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले बतास समूहसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेकी छन्।
सामाजिक सञ्जालमा आफू संलग्न संस्थाहरु नाम सार्वजनिक गर्दै उनले सञ्चार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा संग्लनता भएको भनेर समाचारहरु आएकोमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेकी छन्।
६ वटा विभिन्न संस्थाहरुको नाम सार्वजनिक गर्दै उनले त्यसबाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्न चाहेको बताएकी छन्।
बतास अर्गनाइजेसन अन्तर्गतको बतास फाउन्डेसनमा सल्लाहकारका रुपमा आरजु रहेको उक्त संस्थाको वेवसाइटमा उल्लेख थियो। त्यसपछि उनको बतास समूहसँग संलग्नताबारे विभिन्न समाचारहरु सार्वजनिक भएका थिए। तर पछि बतासले आरजुको नाम वेवसाइटबाट हटाएको छ।
आरजुको संलग्नता रहेको उल्लेख गरेका संस्थाहरु
१. ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल
(संस्थापक अध्यक्ष तथा सल्लाहकार)
२. साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)
३. सुरक्षित मातृत्व संजाल महासंघ ( संस्थापक एवं वर्तमान अध्यक्ष)
४. नामी (अध्यक्ष)
५. उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति)
६. ब्लड डोनर्स एसोसिएसन अफ नेपाल (संरक्षक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।