काठमाडौं– नेकपा (एमाले) रोल्पा जिल्ला कमिटीका सचिव निमप्रसाद रोकाको निधन भएको छ। पार्टीको जिल्ला अधिवेशनको तयारीमा लागेको उनको हृदयघाटबाट निधन भएको हो।
त्रिवेणी गाउँपालिका–२ का रोकाको बुधबार राति नुवागाउँ अस्पतालमा निधन भएको एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए।
सचिव रोकाको निधनका कारण यही पुस २३ गते हुने भनिएको पार्टीको जिल्ला अधिवेशन स्थगित गरिएको बुढाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।