फाइल तस्बिर
काठमाडौं– हिमाली क्षेत्रको अवलोकन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने पर्यटकको संख्या बढेको छ। निकुञ्ज कार्यालयले दिएको विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १० हजार ४०० आन्तरिक एवं वाह्य पर्यटक लाङ्टाङ पुगेका छन्।
सो अवधिमा नौ हजार ७८२ आन्तरिक पर्यटक लाङ्टाङ पुगेका छन्। सार्क राष्ट्रका ५२ जना तथा अन्य विभिन्न देशका ५६६ पर्यटकले सो क्षेत्र भ्रमण गरेको कार्यालयका सहायक संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए।
रसुवामा कोभिडको संक्रमण शून्यमा झरेसँगै पर्यटकको आगमन हुन थालेको निकुञ्जले जनाएको छ। लाङ्टाङ तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डको भ्रमणमा आएका पर्यटक एवं स्थानीय बासिन्दालाई उपलब्ध गराएको वन पैदावार समेतबाट ३१ लाख ६५ हजार राजस्व संकलन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।