प्रधानमन्त्री देउवा, फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल सरकारका सचिव (विशिष्ट श्रेणीका अधिकृत)हरुबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल जारी रहेको जनाइएको छ।
बजेट कार्यान्वयनको अवस्था तथा खर्च, गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन लगायतका विषयमा प्रधानमन्त्री देउवाले सचिवहरुसँग छलफल गर्न लागेका हुन्।
छलफलका क्रममा सचिवहरुले आ–आफ्नो जिम्मेवारीमा रहेको निकायमा बजेट कार्यान्वयन अवस्था र गठबन्धन सरकारले तय गरेका कार्यक्रमको कार्यान्वयनका विषयमा ब्रिफिङ गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।