काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन यसै साता स्वदेश फर्किने भएका छन्। गत मंगलबार डिस्चार्ज भएका पुन शनिवारसम्म नेपाल फर्किने उनका स्वकीय सचिव सन्तोष पुनले बताए।
पुन गत मंगलबार अपराह्न चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन्। पूर्ण रुपमा स्वस्थ्य भइसकेकाले स्वदेश फर्किन लागेको स्वकीय सचिव पुनले बताए। गत असोजमा विश्वमा विरलै देखिने जण्डिस (बिलरुबिन)को मात्रा बढेपछि सुमेरु अस्पताल भर्ना गरिएको थियो।
स्वदेशमा उपचार सम्भव नभएपछि थाइल्याण्ड लगिएको हो। त्यहाँसमेत उपचार सम्भव नभएपछि सेनजेन लगिएको हो। यसअघि पार्टीको आठौं महाधिवेशनमा आउन खोजेपनि पूर्ण रुपमा निको नभएकाले रोकिएका थिए। उनी महाधिवेशनमा उपस्थित हुन नसकेपछि पार्टी पदाधिकारीले समेत पूर्णता पाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।