काठमाडौं- मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बुधबार दिउँसो साढे १ बजे बैठक बस्न लागेको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा छलफल हुने जनाइएको छ। देउवा आगामी आइतबार भारत भ्रमणमा जाने तयारीमा छन्।
त्यस्तै बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।