काठमाडौं– युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तबीच मर्जर प्रक्रिया सम्पन्न भएको छ।
मर्जरपछि पुस ३० गतेदेखि ‘युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु हुने कम्पनीले जानकारी गराएको छ। यस दिन दुवै संस्थाका सम्पूर्ण कार्यालय बन्द रहने पनि कम्पनीले जानकारी दिएको छ।
घोडीघोडाको असोज १६ गते र युनिक नेपालको असोज ८ गते बसेको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए। घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर हुनेगरी मर्जर सम्पन्न भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।