काठमाडौं- बाँकेमा घरेलु हिंसाबाट मारिएकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै आन्दोलनरत पक्ष र सरकारबीच ४ बुँदे सहमति भएसँगै आमरण अनसनमा बसेकी रुवी खानले आजबाट अनसन तोड्ने भएकी छन्।
महिला अधिकार मञ्चले बुधबार विज्ञप्ति जारी गरेर जारी आन्दोलन स्थगित गर्ने र खानले अनसन तोड्न लागेको जनाएको छ। सरकारसँग मंगलबार चार बुँदे सहमति भएपछि उनले अनसन तोड्न लागेकी हुन्।
सहमतिमा कथमकदाचित न्याय पाउने बाटोमा अवरोध आए फेरि निरन्तर आन्दोलनमार्फत खबरदारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।