काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुन: सारेको छ।
आगामी पुस २७ गते जिल्ला अधिवेशन गर्ने यसअघि निर्णय गरेको कांग्रेसले १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि सारेको हो।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले माघ १२ गते देशका सातवटै प्रदेशमा राष्ट्रिय सभा सदस्यको १९ पदका लागि चुनाव हुन गइरहेकाले १६ जिल्लाको अधिवेशन माघ १५ गते शनिबारका दिन गर्ने निर्णय भएको सचिव केशव रिजालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।