काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई 'म हो वाद' मा झारेको टिप्पणी गरेका छन्।
बुधबार एक ट्वीट गर्दै नेता रावलले महाधिवेशनमा प्रतिनिधिहरुको चुन्न र चुनिन पाउने अधिकार माओवादी केन्द्रले कुण्ठित गरेको र यो जनवाद हुन नसक्ने उल्लेख गरेका हुन्।
चुन्न र चुनिन नपाउने कार्यलाई 'विशिष्ट लोकतान्त्रिक अभ्यास' भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा भएको उनको भनाइ छ।
'माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई 'म हो वाद' मा झारेको देखियो। महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन।यस्तो कार्यलाई 'विशिष्ट लोकतान्त्रिक अभ्यास' भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो' उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।